एसईई तयारी गरेका बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीय दीपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् ।
विद्यालयमा उत्कृष्ट नतिजा ल्याउँदै गरेका उनीहरु शुक्रबार आमालाई लिएर नयाँ खुसीयाली पाउन काठमाडौं जाँदै थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो ।
उनीहरूको यात्रा काठमाडौंका हुँदै बंगलादेशसम्मको भएपनि त्यो यात्रा झ्याप्ले खोलामै सकिएको छ ।
काठमाडौं पुग्न करिब २० किलोमिटर मात्र बाँकी रहेको धादिङको झ्याप्ले खोलामा उनीहरु अस्थाएको छन्। देशका लागि ट्रफी जित्ने उनीहरुको सपना त्यही पहिरोले बगाएको छ ।
