• Wednesday 7th of October 2026

‘पूर्ण बहादुरको सारङ्गी’ ले भिडियो प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्ने भएको छ ।  चलचित्रको निर्माण टिमले ‘मेरो “बा” को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियाे बनाएर पठाउनुपर्नेछ। सहभागीहरुले आफुले बनाएको भिडियाे आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

सहभागी हुने नियम र प्रक्रियाका लागि यो लिंकमा क्लिक गरेर बुझ्न सकिन्छ ।

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ। प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २/२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖