• Wednesday 7th of October 2026

अभिनेता गोविन्दालाई गोली लाग्यो, आईसीयूमा भर्ना


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई खुट्टामा गोली लागेको छ।

घटना आज बिहान करिब ५ बजेको हो। गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको हो।

उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा मिस फायर भएको बताइएको छ।

अभिनेता गोविन्दालाई अस्पताल भर्ना गरिएको छ। हाल उनको अवस्था स्थिर रहेको बताइएको छ। गोविन्दालाई आईसीयूमा राखिएको छ।

कोलकाता जाँदै थिए गोविन्दा
गोविन्दाका प्रबन्धक शशि सिन्हाले एएनआईलाई बताएअनुसार अभिनेता तथा शिवसेना नेता गोविन्दा कोलकाता जाने तयारीमा थिए।

उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर केसमा राख्दै गर्दा उनको हातबाट रिभल्भर चिप्लिएर खुट्टामा गोली लागेको हो। डाक्टरले गोली निकालिसकेका छन् र उनको अवस्था ठीक छ। हाल उनी उपचाररत छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖