• Saturday 28th of November 2026

झ्याप्ले खोला पहिरो – संगै जन्मेका जुम्ल्याहा दाजु बहिनीको मृ’त्यु पनि संगै, अधुरै रह्यो बंगलादेश जाने सपना


  • धनकुटा खबर
  • .

स्याङ्जा : स्याङ्जाको गल्याङ् शोकमा छ। गल्याङ नगरपालिका- ३ लल्याङका एकै घरका तीनजनाको पहिरोमा परी मृत्यु भएपछि शोकमा परेको हो।

धादिङको झ्याप्ले खोला पहिरोमा परी आमा सीता भट्टराईसँगै उनका १५ वर्षीय जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका भट्टराईको मृत्यु भएको छ।

पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो। बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ। अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए। यद्यपि,ओलम्पियारमा जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गर्‍यो।

विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका थिए। गन्तव्य नपुग्दै उनीहरू आमासँगै बिचमै अस्ताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖