• Wednesday 7th of October 2026

अमेरिकी र्‍यापर सिनी डिडी कम्ब्समाथि यौन दुर्व्यवहारका सयभन्दा धेरै आरोप


  • धनकुटा खबर
  • .

लस एञ्जलस । अमेरिकी र्‍यापर सिन डिडीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सयभन्दा धेरै मानिसले मुद्दा हालेका छन् । एक जना अमेरिकी वकिलले यस्तो बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।

समाचारका अनुसार उनीमाथि यौन दुर्व्यवहार , बलात्कार र यौन उत्पीडनका मुद्दा लागेका छन् । पीडितमध्ये केही नाबालिग रहेको र उत्पीडनको समयमा उनीहरूको उमेर थोरैमा ९ वर्षसम्म रहेको पाइएको टेक्ससस्थित वकिल टोनी बजबीले भनेका छन् ।

तर डिडीकौ वकिलले भने आफ्ना क्लाइन्टमाथिको आरोप अस्वीकार गरेका छन् । सबै आरोप झुटा र उनको मान मर्दन गर्न लगाइएको एरिका वल्फको भनाई थियो । डिडी गएको हप्ता मात्रै पक्राउ परेका थिए । उनीमाथि यौन धन्दा चलाएको र यौन तस्करी गरेको भन्दै मुद्दा चलाइएको छ ।

उनी हाल सङ्घीय हिरासतमा छन् । अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो । डिडीले भने आफूमाथिको सबै आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖