काठमाडौं । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताएकी छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको बताएकी हुन् ।
आशिका फाउन्डेशनको उक्त अभियानमा लाखौं मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उनको दाबी छ । देशको राजधानीदेखि विभिन्न जिल्लाहरुमा आशिका फाउन्डेसनले विविध सामाजिक कार्य सञ्चालन गर्दै आएको उनले सुनाइन् ।
उनले भनिन्,‘वतावरण संरक्षण, सम्बर्द्धन, जलवायु परिर्वतनलगायतका विषयमा जनचेतना जगाउन्, वृक्षारोपण, सरसफाइ र डस्टविन राख्ने जस्ता मुख्य कार्य फाउन्डेशनले गरेको छ । समाजमा रहेका विकृति, विसंगती र व्यथितिको अन्त्य र शुसासनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया तथा खबरदारी कार्य पनि गर्दै आइरहेको छु । ’
