• Wednesday 7th of October 2026

१० खेलाडीमा सिमित म्यानचेस्टर हारबाट जोगियो


  • धनकुटा खबर
  • .

इन्ज्यूरी समयमा ह्यारी म्यागुइरेले गोल गरेपछि १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेड यूईएफए युरोपा लिगमा हारबाट जोगिएको छ।

बिहीबार राति भएको खेलमा युनाइटेड र पोर्टोले ३–३ को बराबरी गर्दै अंक बाँडेका हुन्।

खेलको ८१ औँ मिनेटमा ब्रुनो फर्नान्डेज दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि यूनाइटेड १० खेलाडीमा समेटिएको थियो।

५० औँ मिनेटमा ३–२ ले पछि परेको युनाइटेडका लागि इन्ज्युरी समयमा म्यागुइरेले गोल गरेपछि खेल नाटकिय रुपमा बराबरीमा पुगेर सकिएको हो।

खेलको सुरुवातमा २ गोल गर्दै युनाइटेडले अग्रता बनाएपछि पोर्टोको उत्कृष्ट पुनारागमनले युनाइटेड पछि परेको थियो।

पहिलो हाफको सातौँ मिनेटमा मार्कुस रासफोर्डको गोलमा युनाइटेडले खेलमा सुरुवाती अग्रता बनाएको थियो।

खेलको २० औँ मिनेटमा रासमुस होजलुन्डरले युनाइटेडको अग्रता दोब्बर पारे। त्यसको सात मिनेटमा नै ब्राजिलियन विगंर पेपेले गोल गर्दै पोर्टोलाई खेलमा फर्कने संकेत गरेका थिए।

खेलको ३४ औँ मिनेटमा सामु ओमोरोडियनशत्तले हेडर गोलमा पोर्टो बराबरीमा आएको थियो। दोस्रो हाफको पाचौँ मिनेटमा पेपेको पासमा मोरोरोडियनले व्यक्तीगत दोस्रो गोल गर्दा पोर्टोलाई ३–२ को अवस्थामा ल्याए।

एक समय २–० ले पछि परेको पोर्टोले खेलमा उत्कृष्ट पुनरागमन गर्दै अग्रता बनाएपनि अन्तिम समयमा युनाइटेडले अंक खोस्न सफल भयो।

गएराति नै भएको खेलमा टोटनहमले फेरेन्काभारोसलाई २–१ गोल अन्तरले पाखा लगायो। टोटनहम अंक तालिकाको तेस्रो स्थानमा छ।

लाजियोले भने नाइसमाथि ४–१ को फराकिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। रेन्जर्समाथि ४–१ को जित निकालेको ओलम्पिक लियोनाइस अंक तालिकाको शीर्ष स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖