• Sunday 4th of October 2026

समीक्षा अधिकारीले गाइन् ‘शिर सजाउने फूल’


  • धनकुटा खबर
  • .

गायिका समीक्षा अधिकारीले चर्चित गीत ‘शिर सजाउने फूल’ बोलको गीत गाएकी छन्।

सगरमाथा डिजिटलले गायक शिव परियारको स्वरमा रहेको यस गीतलाई गायिका अधिकारीको स्वरमा सार्वजनिक गरेको हो।

करिब १० वर्षअघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो। १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो।

अनिल के मानन्धरको निर्देशनमा रहेको गीतको भिडिओमा गायिका अधिकारीलाई देख्न सकिन्छ। कर्ण चापागाईंको शब्द रचनामा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्।

ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन्। बाँसुरीमा रत्न विके छन् भने तबला तथा ढोकल बुढाथोकीले बजाएका छन्।

गायक परियारको स्वर रहेको यस गीतले युट्युबमा १८ लाख ४२ हजारबढी भ्युज पाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖