• Tuesday 6th of October 2026

पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो


  • धनकुटा खबर
  • .

गुल्मी – पहिराेमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिराेमा पुरिएर प्युठानकाे गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले जानकारी दिनुभयाे ।

रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो ।

पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानकाे गाैमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।
गुल्मीमा गएकाे ३ दिनदेखि लगातार पानी परिरहेकाे छ । वर्षाका कारण गुल्मीकाे जनजीवन प्रभावित भएकाे छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖