• Saturday 28th of November 2026

यात्रुबाहक हाइस घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा यात्रुबहाक हाइस घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतवार विहान ७ बजे तिर तुलसीपुरबाट रुकुम पश्चिमतर्फ जादै गरेको बा।प्र। ०३–००१ ज ७७२ नम्बरको चालकसहित ९ जना चढेको हाइस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किन गई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते हुनेमा हाइस चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का २५ वर्षीय कुमार सन्यासी, हाइसमा सवार सल्यानको सारदा नगरपालिका–७ बस्ने २४ वर्षीया कल्पना चलाउने, उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की २७ वर्षीया सपना चलाउने, सोही घरमा भाडामा बस्ने १२ वर्षीय रणविर नेपाली र जाजरकोटको भेरी नगरपालिका–४ घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गा बहादुर बिक रहेका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖