काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
ललितपुर महानगरपालिका १८ हार्मोनी कोलनी सी ब्लक नजिकै एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार उक्त शव आइतबार बिहान भेटिएको हो ।
शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । शव बाढीले बगाएर ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
