• Wednesday 7th of October 2026

हेमा मालिनीसँग दोस्रो बिहे गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले


  • धनकुटा खबर
  • .

धर्मेन्द्र ६ दशकदेखि अभिनयमा सक्रिय बलिउड अभिनेता हुन्। सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट बलिउडमा अभिनय सुरू धर्मेन्द्र एक्सन हिरोका रूपमा चर्चित छन्। सिनेमा जगतमा उनलाई ‘हि म्यान’ नामले समेत चिनिन्छ।

उनकी श्रीमती तथा अभिनेत्री हेमा मालिनीले धर्मेन्द्रसँग आफ्नो विवाह र पारिवारिक सम्बन्धबारे रोचक जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

हेमा मालिनी धर्मेन्द्रकी दोस्रो पत्नी हुन्। धर्मेन्द्र र हेमा मालिनीको विवाह तत्कालीन समयमा विवादस्पद बनेको थियो।

प्रकाश कौरसँग सन् १९५४ मा पहिलो विवाह गरेका धर्मेन्द्र हेमासँग बिहे गर्नुअघि प्रकाशसँग सम्बन्ध विच्छेद गर्न चाहन्थे। तर प्रकाशले मानिनन्। विवाहकै लागि धर्मेन्द्र र हेमा हिन्दु धर्म परिवर्तन गरे र इस्लाम धर्मको विधिअनुसार बिहे गरे। यसो गर्दा धर्मेन्द्रले प्रकाशसँग सम्बन्ध विच्छेद गर्नु परेन।

प्रकाशका तर्फबाट धर्मेन्द्रका चार सन्तान भए। दुई छोरा, सन्नी देओल र बबी देओल बलिउडका चर्चित अभिनेता। दुई छोरी भिजिता र अजिता।

धर्मेन्द्रले सन् १९८० मा हेमासँग विवाह गरेका हुन्। उनीहरूको दुई छोरी छन्, इशा देओल र आहाना देओल।

धर्मेन्द्र हेमाको निकटता फिल्मबाट बढेको हो। उनीहरू बलिउडका चर्चित जोडी हुन्। अभिनयकै क्रममा प्रेम सम्बन्धमा बाँधिएका धर्मेन्द्र र हेमा दुवै बलिउडका सफल कलाकार हुन्। धर्मेन्द्रले फिल्ममा चल्तीका सबैजसो अभिनेत्रीसँग अभिनय गरे।

दर्शकले भने सबैभन्दा बढी धर्मेन्द्रलाई हेमाकै जोडीका रूपमा रुचायो। यो जोडीले ‘शोले, राजा जानी, सीता और गीता, जुग्नू, प्रतीज्ञा, ड्रिम गर्ल, रजिया सुल्तान, आजाद’ लगायत दर्जनौं चर्चित फिल्ममा सँगै अभिनय गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖