• Wednesday 7th of October 2026

शुटिंगको क्रममा बलिवुड अभिनेता हाशमी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ– बलिवुड अभिनेता इमरान हाशमी फिल्म शुटिंगको क्रममा घाइते भएका छन् ।

हाशमी तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका ​​क्रममा गम्भिर घाइते भएका हुन् । हाशमीले आफ्नो स्टन्ट गर्नेक्रममा घाँटीमा चोट लागेको बताइएको छ । यसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउन तयार रहेका छन् । उनले चाँडै नै साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन् ।

यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖