• Saturday 28th of November 2026

विद्युतीय मोटरबाट करेन्ट लागेर एक युवकको निधन


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटमा विद्युतीय मोटरको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतो खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोड्ने क्रममा करेन्टमा परेका थिए ।

उनीलाई उपचारका लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा लिइएको थियो, तर गएराति चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार, मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖