• Saturday 28th of November 2026

काठमाडौबाट सिन्धुली जाँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छिन् ।

घाइते हुनेहरूको नाम खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖