• Sunday 4th of October 2026

‘जवान’ ले विश्वभरबाट कमायो १ हजार करोड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ विश्वभरबाट १ हजार करोड कमाएको छ।

सोमबार निर्माण कम्पनी रेड चिलीज इन्टरटेन्मेन्टले फिल्मको कमाइ सार्वजनिक गरेको हो। फिल्मले विश्वभरबाट १८ दिनमा १००४ करोड ९२ लाख भारू कमाएको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले ५६३ करोड २० लाख भारू कमाएको छ। यो हिन्दी, तमिल र तेलुगु संस्करणको कमाइ हो।

एटली कुमारले निर्देशन गरेको फिल्म ‘जवान’ मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖