• Tuesday 6th of October 2026

बाटो भासिएर बस दुर्घटना हुँदा ६ जना घाइते


  • धनकुटा खबर
  • .

रोल्पामा बाटो भासिएर बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
दाङको तुलसीपुरबाट रोल्पातर्फ गइरहेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेव गाउँपालिका – २ ओइलामको भिरघारे भन्ने स्थानमा बाटो भासिएर दुर्घटनामा परेको हो।

दुर्घटनाका ६ घाइतेमध्ये तीन जना स्थानीय मेडिकलमै उपचारपछि घर फर्किएको र थप तीन जना घाइतेलाई राप्ती प्रादेशिक अस्पताल दाङमा पठाइएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराम भण्डारीले बताए।

गंगादेव– २ की २५ वर्षीया जेसिना डाँगीको अवस्था गम्भीर छ। चालक, सहचालकको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए।

दिउँसो ३ बजेर ४० मिनेटतिर प्रहरीमा दुर्घटनाबारे सूचना आएको प्रहरीले बताएको छ। सडक भासिएर बस सडकदेखि दुई तीन मिटर तल खसेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

‘सडक भासिएपछि गुडिरहेको बस दुर्घटनामा परेको रहेछ,’ भण्डारीले भने।

बसमा कुल १५ यात्रु सवार रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।-सेतोपाटीबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖