भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा बुधबार राति टाटाको निधन भएको हो।
दिग्गज उद्योगपति रतन टाटाको निधनले भारत भारतभर शोकको लहर छ। बलिउडदेखि उद्योगसम्म सबैले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
यसैबीच रतन टाटाकी महिला साथी सिमी ग्रेवालले पनि आफ्नो र उनको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अलबिदा मेरो साथी!’
