• Tuesday 6th of October 2026

केजी हस्पिटलले बच्चा जन्माउन गएकी महिलाको पाठेघर झिकेपछि…


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीको केजी हस्पिटलले प्रसुती गराउन गएकी एक महिलाको पाठेघर झिकेको छ । शनिबार शल्यक्रिया गरेर शिशु जन्माएकी धनगढी उपमहानगरपालिका–३ बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो ।

महिलाका श्रीमान मोती रहमानले अस्पतालले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकेको बताए । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थायी घर भएका रहमानले शनिबार दिउँसो शिशु जन्मिएको भएपनि डाक्टरले ४ घण्टापछि मात्र अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिक्नुपर्ने बताएको सुनाए ।

उनकाअनुसार यो बीचमा डाक्टरसँग वादविवाद समेत भएको थियो । डाक्टरले तीन प्वाइन्ट ब्लड आवश्यक पर्ने बताएपछि आफूले व्यवस्थापन गरेको उनी बताउँछन् । उनको स्त्री रोग विशेषज्ञ डाक्टर सोनु कठायतको टिमले शल्यक्रिया गरेको थियो ।

पाठेघर झिकेपछि आईसीयू वार्डमा राखेर उपचार गरिएको थियो । उनलाई तीन दिनपछि सोमबार मात्र आईसीयु वार्डबाट जनरल वार्डमा सारिएको छ । अहिले शिशु र महिलाको अवस्थामा सुधार हुँदै गइरहेको छ ।

पीडितका आफन्तले डाक्टरले अत्यधिक रक्तश्रावका कारण पाठेघर झिकिएको बताएपनि अस्पताल प्रशासनले भने यो विषयमा स्पष्ट कारण खुुल्नेगरी प्रतिक्रिया जनाएको छैन । अस्पतालका निर्देशक डाक्टर दिपक सिंहले यो विषयमा भेटेरै प्रतिक्रिया दिने बताए ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖