• Sunday 29th of November 2026

भान्सामा काम गरिरहेको बेला लडेर माधव नेपालकी पत्नी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन्।

कोटेश्वरस्थित निवासमा भान्सामा काम गरिरहेको बेला लडेर गायत्री घाइते भएकी हुन्।

गायत्रीको देब्रे हात भुइँमा ठोक्किएर फ्याक्चर भएको बताईएको छ ।

उनलाई तत्काल बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो ।

अस्पतालमा आवश्यक उपचारसँगै ब्यान्डेज गरेर गायत्रीलाई घरमा ल्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖