काठॅाडौ । माग्ने बूढा भनेर चिनिने कलाकार केदारप्रसाद घिमिरेले माफी मागेका छन्।
उनले केही समयअघि एक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको अभिव्यक्ति दिएका थिए । उनले प्रयोग गरेको साइबर सेना’ भन्ने शब्दमा सर्वत्र आलोचना भएपछि उनले माफी मागेका हुन् ।
“एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरको छु,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।
माग्ने बूढाले प्रयोग गरेको शब्दप्रति अभिनेता विराज भट्टले आपत्ती जनाएका थिए। भट्टले निर्माण गरेको सिनेमा ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । सो सिनेमामा भट्टले छोरा समीरलाई नायकमा डेब्यु गराएका छन्।त्यस्तै ‘१२ गाउँ’ सँगै माग्ने बूढा अभिनित फिल्म ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ।
फिल्मको प्रचार प्रसार गर्ने क्रममा माग्ने बूढाले साइबर सेना प्रयोग गरेको भन्दै ‘१२ गाउँ’ प्रति कटाक्ष गरेका थिए।
