• Wednesday 7th of October 2026

३ दिनमै ‘छक्का पञ्जा ५’ले कमायो ५ करोड


  • धनकुटा खबर
  • .

काठमाडौ । दसैँको अवसर पारेर यही असाेज २४ गते (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। फिल्मले शनिबारसम्म ३ दिनमा ५ करोड रुपैयाँ कमाइसकेको छ।

तीन दिनमा भएको व्यापारबारे फिल्म निर्माता दीपकराज गिरीले भने, ‘फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरेको छ। उपत्यका र मोफसल सबैतिर अकुपेन्ची राम्रो छ। सबैभन्दा फिल्मको कथाले राम्रो प्रतिक्रिया पाइरहेको छ।’

‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो। यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।

फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन्।

सोही दिन एकसाथ रिलिज भएका जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ले पनि दर्शकको राम्रै साथ पाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖