• Saturday 28th of November 2026

सडक बिग्रिएको छ, हेटौँडाबाट काठमाडौँ जाँदा वैकल्पिक मार्ग प्रयोग गर्नू : प्रहरी


  • धनकुटा खबर
  • .

मकवानपुर : हेटौँडा-कुलेखानी-काठमाडौं सडक बिग्रिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो।

कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन्।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह गरिएको छ। -अन्नपूर्ण पोष्ट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖