• Sunday 29th of November 2026

यी हुन् झापामा श्रीमतिलाई धारिलो हतियारले घांटीमा प्रहार गरि हत्या गर्ने श्रीमान


  • धनकुटा खबर
  • .

झापा । झापाको अर्जुनधारा-३ मा एक व्यक्तिले धारिलो हतियारले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

अर्जुनधारा-३ स्थित कुम्भिटारका अन्दाजी ५० बर्षका बिरबहादुर चौहानले करिब ३५ बर्षकी श्रीमती मुना भुजेललाई धारिलो हतियार (बाम्फोक) प्रहार गरि घाँटी काटेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरि फरार रहेका चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्ट नेतृत्वको प्रहरी टोलिले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृतक भुजेलको २ छोरा र २ छोरी रहेका छन् ।

घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖