• Tuesday 6th of October 2026

डाक्टर गौरीशङ्कर लाल दास एक सय वर्षमा पनि उत्तिकै सक्रिय, आज जन्मशताब्दी मनाइँदै


  • धनकुटा खबर
  • .

काठमाण्डाै – डाक्टर गौरीशङ्कर लाल दासले आज जन्मशताब्दी मनाउँदै हुनुहुन्छ । नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन र सुशासनको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ ।
एक सय वर्षमा पनि उहाँ सक्रिय हुनुहुन्छ । अहिले पनि उहाँ विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने गर्नु भएको छ । उहाँ धेरै सरकारी तथा सहकारी संस्थामा आबद्ध हुनुहुन्छ ।

डाक्टर गौरीशङ्कर लालदासको जन्म सन् १९२४ सेप्टेम्बर २६ तारिखमा सिरहाको इनर्वामा भएको हो । भारतको सीमा नजिकै भएकाले उहाँले भारतमा पढ्नु भयो । १९५१ मा एमबीबीएस सकेपछि उहाँले बेलायत गएर क्षयरोग र ट्रपिकल मेडिसिनमा डिप्लोमा गर्नुभयो ।

वि.सं.२००९ मा नेपाल आएर उहाँले वीर अस्पतालमा काम थाल्नुभयो । २०५७ सालदेखि उहाँ २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर डाक्टर गौरीशङ्कर दासले काम गर्नुभयो । उहाँले गरिब तथा विपन्न नागरिकलाई नि:शुल्क उपचार गर्दिनुहुन्थ्यो ।

डाक्टर दासलाई आज नागरिकस्तरबाट अभिनन्दन गरिँदैछ । यसअघि गएको भदौमा उहाँलाई नागरिकस्तरबाट दिव्य शताब्दी पुरुष उपाधिबाट सम्मान गरिएको थियो । काठमाडौको चाबहिल बस्ने डाक्टर गौरीशङ्कर लाल दास समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील हुनुहुन्छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डाक्टर दासको शताब्दी जन्मोत्सवका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने जनाइसकेको छ । उहाँ त्रिशक्तिपट, गोरखा दक्षिणबाहु, प्रशिद्ध प्रबल गोरखा दक्षिणबाहुलगायत सम्मानबाट सम्मानित हुनुभएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖