• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

एमाले नेताहरू चढेकाे जहाजमा समस्या


  • धनकुटा खबर
  • .

काठमाडौं । आज हुने बैठकमा सहभागी हुन जनकपुर जान लागेका एमालेका नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएको छ ।

पार्टीका शीर्ष नेताहरू सवार जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको हो ।

जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन: काठमाडौं फर्काइएको बताइएको छ । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेताहरु रहेको बुझिएको छ ।

एमालेले आजदेखि पार्टीको बैठक सिराहामा गर्न लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖