• Sunday 4th of October 2026

नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौ । आइसिसी महिला टी-२० विश्वकप छनोटमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनाएको हो।

नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक रन बनाइन्। उनले ५४ बलमा १ चौका प्रहार गर्दै नट आउट ३८ रन बनाइन्।
त्यस्तै अप्सरी बेगमले १७ रन, रूबिना क्षत्री बेलबासीले १२ रन र पुजा महतोले ५ रन बनाउँदा कविता जोशीले नट आउट ५ रन जोडिन्।
सम्झना कुमारी खड्का, इन्दु बर्मा र काजल श्रेष्ठ डकआउट भए।
बलिङतर्फ मलेसियाकी एन्ना हमिजले २ विकेट लिइन्। महिरा इज्जत इस्माइल, आइशा एलिसा र निकनुर एटिएलाले एक-एक विकेट लिए।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।

नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन्।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन्।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖