• Sunday 4th of October 2026

भारतसँग खेल्न नेपाली टिम श्रीलंकातर्फ


  • धनकुटा खबर
  • .

काठमाडौ । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकातर्फ गएको छ।

बुधबार समूह ‘ए’ को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपाली टिम बिहीबार विहान पाकिस्तानबाट श्रीलंका गएको हो।

अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ। खेल श्रीलंकाको क्यान्डीमा हुनेछ।
त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामै खेल हुनेछ।

प्रतियोगिताम अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिएका छन्।

पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖