• Sunday 4th of October 2026

‘जनतासँग माओवादी अभियान’ प्रचण्डले चन्द्रागिरिबाट सुरू गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन महिने जनतासँग माओवादी अभियान चन्द्रागिरिबाट सुरु हुने भएको छ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको चन्द्रागिरि नगरपालिका २ बाट अभियानको सुरुआत गर्न लागेका हुन्।

माओवादीका कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रचण्डले अभियानको सुरु गरेपछि एकसाथ भर्चुअल माध्यमबाट ७५३ वटै पालिकाका कार्याक्रमलाई सम्बोधन गर्ने तयारी छ।

चन्द्रागिरि २ गत गत स्थानीय निर्वाचनमा माओवादीले जितेको थियो। काठमाडौंमा आधार इलाका कमजोर भएको माओवादीले चन्द्रागिरिबाट अभियानको सुरु गर्न लागेको हो।

माओवादीले विशेष महाधिवेशनअघि भदौं १६ बाट मंसिर १६ सम्म बिशेष अभियान चलाउँदैछ।
देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गरेर सबै घरघरमा पुग्ने माओवादीको तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖