• Sunday 4th of October 2026

कांग्रेसका मन्त्रीहरुको पर्फर्मेन्स इतिहासकै झल्लु : सांसद बजगाईँ


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईँले अहिलेको सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरुको प्रस्तुति इतिहासकै झल्लु भएको टिप्पणी गरेका छन् ।

उनले अहिलेको सरकार गठबन्धनको सरकार भएकाले सरकारको गुणको जस सबैले लिने उल्लेख गरेका छन् । तर, अहिलेको सरकारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अरु मन्त्रीहरुले काम गर्न नसकेको उनको दाबी छ ।

उनले फेशबुकमा लेखेका छन्–

सत्य बोल्नु पर्छ; क. प्रचण्ड / Comrade Prachanda यो सरकारको गुणको जस प्रधानमन्त्रीले लिने हो कांग्रेसले लिने हो गठबन्धनले पनि लिने हो। Ultimate जस प्रधानमन्त्री प्रणालीमा प्रमले लिने हो। समग्रमा हेर्दा प्रधानमन्त्री र गृहमन्त्री दुईजना पसिनाले मैलिएको अनुहार पुछ्दै अलि अलि दौडदै केहि गरिरहेको सन्देश दिने प्रयास गरिरहेका छन् TILL THIS DATE। थपिएका मन्त्रीहरूको पनि हेरिरहेका छौ, कांग्रेसका मन्त्रीहरूको Performance ईतिहासकै झल्लु Performance छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖