• Sunday 4th of October 2026

नेपाली कुन बलरको स्पीड कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल एसिया कपको उद्धघाटन खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भयो । नेपाल र पाकिस्तानको स्तर अनुसार यो प्रदर्शन कुनै आश्चार्य होइन । स्वभाविक हो ।

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । पाकिस्तानले मुल्तान क्रिकेट रंगाशालामा टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५१ र इफ्तिखर अहमदले १ सय ९ रन बनाएका थिए ।

पाकिस्तानविरुद्ध नेपालको तर्फबाट सबैभन्दा बढी गतिमा सोमपाल कामीले गरे । सोमपालले अन्तिम ओभरमा इफ्तिखार अहमदलाई प्रतिघण्टा १ सय ३५ किलोमिटरको गतिमा गरेका थिए । सोमपालले १ सय ३० देखी ३३ सम्म लगातार गरेका थिए । एक पटक सबैभन्दा कम १ सय ६ को गतिमा गरेका थिए ।

करणले प्रतिघण्टा १ सय ३४ किलोमिटरको गतीमा छैटौं ओभरको अन्तिम बलमा गरेका थिए । करणले १ सय ३० को आसपासमा लगातार बल गरेका थिए । एक पटक सवैभन्दा कम प्रतिघण्टा १ सय १४ को किलोमिटरमा गरेका थिए ।

नेपालका तीव्र गतिका बलर गुलशन झाको उच्च गति प्रतिघण्टा १ सय २८ किलोमिटर रह्यो । गुलशनको कम १ सय ९ को गती थियो । नेपालका स्पिनर दीपेन्द्रसिंह ऐरीले प्रतिघण्टा १ सय १० किलोमिटरको गतिमा गरेका थिए । दीपेन्द्रले ४४ औं ओभरको चौथो बलमा उक्त गतिको बल गरेका थिए ।

दीपेन्द्रले ८५ माथिको गतिमा लगातार गरेका थिए । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको गती सर्वाधिक ९४ थियो । त्यस्तै ललित नारायण राजवंशीको ९५ र कुशल भुर्तेलले ८१ को गती उच्च रह्यो । पाकिस्तानका प्रमुख तीव्र बलरले नियमित गतीमा नेपालविरुद्ध गरेनन् । तीनै बलर प्रतिघण्टा १ सय ५० किलोमिटरको गतीमा गर्ने क्षमता राख्छन् । तर नेपालविरुद्ध १ सय ४० देखी १ सय ४५ को गतीमा गरेका थिए ।

तीव्र गतिका बलर हरिस रौफले खेलकै सबैभन्दा बढी प्रतिघण्टा १ सय ५१ किलोमिटरको गतिमा गरेका थिए । उक्त बल हरिस रौफले १५ औं ओभरको दोस्रो बलमा आरिफ शेखलाई गरेका थिए । हरिसमा आरिफले ब्याट समेत परिवर्तन गर्नु परेको थियो । शाहिन शाह अफ्रिदी र नसिम शाहले प्रतिघण्टा १ सय ४४ को किलोमिटरमा गरेका थिए । यी दुई बलरले १ सय ४० को आसपासमा लगातार बल गरेका थिए ।

बलरको गती नाप्ने प्रविधिलाई निकै महँगो पर्दछ । त्यसैले नेपालले खेल्ने अन्य खेलमा गती देखाईदैन । नेपाल मात्रै होईन एसोसिएट टोलीले खेल्ने खेलमा गति नाप्ने मिसिन विरलै प्रयोग गर्ने गरिन्छ । आधिकारीक रेकर्ड अनुसार नेपालबाट सर्वाधिक धेरै गतिमा सोमपाल कामीले गरेका छन् । सोमपालले २०१४ को टि२० विश्वकपमा अफगानिस्तानविरुद्ध प्रतिघण्टा १ सय ४१ किलोमिटरको गतिमा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖