• Sunday 4th of October 2026

किन साह्रै मलिन देखिए कप्तान रोहित ?


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतसँग हुने खेलका लागि नेपाली टोली श्रीलंका उत्रँदा बिहीबार त्यहाँको सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गरिएको थियो । श्रीलंकामा नेपाली टोली आइपुग्दाका तस्विरहरु सामाजिक सञ्जालमा राखिएका छन् ।

त्यसमध्ये नेपाली टोलीका कप्तान रोहित पौडेलमात्र रहेको तस्विरले धेरैको ध्यान तान्छ । यतिबेला उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खासगरी नेपाली क्रिकेट समर्थकले उनीप्रति सहानुभूति दर्शाइरहेका छन् । त्यस तस्विरमा रोहित निकै ‘हतोत्साही’ देखिन्छन् ।

पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको १२ घण्टा पनि नबित्दै नेपाली टोली श्रीलंकाका लागि उडेको थियो । त्यस खेलमा रोहित पहिलो बलमै आउट भएका थिए । पहिला ब्याटिङ गरेको पाकिस्तानले ३४२ रनको विशाल योगफल तयार गरेको थियो ।

नेपालले अब सोमबार भारतसँग खेल्दैछ । यसअघि भारत र पाकिस्तानसँग खेल्न उत्साही देखिएको नेपाली टोली श्रीलंकामा उत्रँदा रोहितमा मात्र होइन, अधिकांश खेलाडी थकित र मलिन देखिएका छन् ।

यसअघि प्रतियोगिता सुरु हुनुभन्दा अगाडि कप्तान रोहितले नेपालले प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖