• Sunday 4th of October 2026

एकै पटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो ।

निगमले मूल्य बढाएसँगै आज रातिदेखि एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖