तनहूँको बन्दिपुर घर भई अमेरिकाको टेक्ससमा बस्दै आएका मुक्ति गुरुङको सवारी दुर्घटनामा ज्यान गएको छ ।
बुधबार राति टेक्ससमा भएको सवारी दुर्घटनामा परी बन्दिपुर गाउँपालिका वडा नं. ६ काफलस्वाँराका ३५ बर्षिय गुरुङको मृत्यु भएको हो । मुक्तिको निधनपछि आफन्त, साथीभाइले सामाजिक सञ्जालमा शोक प्रकट गरिरहेका छन् ।
लामो समय कोरियाको बसाई पश्चात डिभी परेर उनी अमेरिका पुगी सपरिवार बस्दै आएको आफन्तजनले बताएका छन् ।
उनी बन्दिपुर गाउँपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष सन्त बहादुर गुरुङका कनिष्ट सुपुत्र हुन् ।
