• Sunday 4th of October 2026

एसिया कपमा महाशक्ति राष्ट्रको महाभीडन्त


  • धनकुटा खबर
  • .

काठमाडौं, एसिया कप क्रिकेटका आज सबैभन्दा ठूलो भीडन्त हुँदैछ। जसमा दुई महाशक्ति राष्ट्रय भारत र पाकिस्तान आमने सामने हुँदैछन्।

यो खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ।

भारत र पाकिस्तान दुवै क्रिकेटको महाशक्ति राष्ट्र भएकाले यो खेल क्रिकेट प्रेमीबीच व्यापक चर्चा छ। अझ यी दुई देशबीच राजनीति रुपमा टकराव रहेकाले पनि भारत र पाकिस्तानबीचको खेल जति सायदै अरु खेलको चर्चा हुन्छ।

राजनीतिक विवादकै कारण भारत र पाकिस्तान आईसिसीको प्रतियोगिताहरुमा मात्रै आपस भिड्छन्। सन् २०१८ को एकदिवसीय विश्वकप पछि भारत र पाकिस्तान यो फर्म्याटम पहिलो पटक भिड्न लागेका हुन्।

यसबीच टि–२०मा भने यी दुई टिम ४ पटक आपसमा भिडेका छन्, जसमा दुवै टिमले समान २ खेल जितेका छन्।

समूह चरणको पहिलो खेल खेलिरहेको भरतीय टोली कप्तान रोहित शर्मा र विराट कोहली जस्ता अनुभवी खेलाडीहरूमा भर पर्नेछ। बलिङ फ्रन्टमा, मोहम्मद शामी र जसप्रित बुमराह भारतको प्रमुख अस्त्र हुन्। के एल राहुलले समूह चरणका खेलहरु गुमाउने भएपछि उनको नम्बर चार र पाँचको ब्याटरको टुङ्गो लागिसकेको छैन । भारतीय कप्तान रोहित शर्माले पाकिस्तानको फास्ट बलिङविरुद्ध पर्याप्त गृहकार्य गरेको बताएका छन्।

यता, पाकिस्तानले पनि प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई २३८ रनको फराकिलो अन्तरले हराएको छ। भारतविरुद्ध खेल्नुअघि प्राप्त फराकिलो जितले पाकिस्तानी टिममा केही उत्साह थपेको छ। उसका लागि ब्याटिङमा कप्तान बाबर अजामसँगै मोहम्मद रिजवान र इफ्तिखर अहमदको प्रदर्शन महत्वपूर्ण हुनेछ।

पाकिस्तानको सबैभन्दा बलियो पक्ष फास्ट बलिङ हो। साहिद साह अफ्रिदी, ह्यारिस रउफ र नसिम साह जस्तोजुकै ब्याटिङ लाइअपलाई ध्वस्त बनाउने क्षमता राख्छन्। उनीहरुलाई स्पिनर सादब खानले महत्वपूर्ण साथ दिनेछन्।

एकदिवसीय क्रिकेटमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन्। पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो।

एकदिवसीयमा पाकिस्तानविरुद्ध भारत हावी भएको आँकडाले देखाएपछि यो महाभीडन्तमा आँकडाको खासै अर्थ भने हुनेछैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖