• Monday 5th of October 2026

गर्विलो परिचय बनाएका जिबी अनेरास्ववियुको कोशी प्रदेश अध्यक्षमा सर्वसम्मत चयन


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको कोशी प्रदेश अध्यक्षमा जिबी गजल सर्वसम्मत चयन भएका छन्। विद्यार्थी राजनितिमा गर्विलो परिचय बनाएका सुनसरीका विद्यार्थी नेता जिबीलाई अधिवेशनले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

उपाध्यक्षमा अंकित थापा (धनकुटा), नारायण पोखरेल (झापा), सचिवमा सन्तोष घिमिरे (मोरङ) चयन भएका छन्। त्यस्तै सहसचिवमा प्रवेश ठकुरी (उदयपुर) , पारस राई (इलाम), लक्ष्मी न्यौपाने (झापा), रन्जना घतानी (तेह्रथुम) र कोषध्यक्षमा नवराज घिमिरे चयन भएका हुन्।

अनेरास्ववियुको कोशी प्रदेश अधिवेशनले सर्वसम्मका आधारमा नयाँ नेतृत्व चयन गरेको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖