• Sunday 4th of October 2026

‘ए पुष्पकमल दाहाल प्रचण्डज्यू तपाईंले फेरि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो?’


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैनै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाएका छन् ।

नेकपा एमालेको आजबाट सुरु भएको पहिलो लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले विकास निर्माणका कामहरू ठप्प भएको भन्दै मुलुक आर्थिक सङ्कटको बीचमा रहेका बेला प्रधानमन्त्री नै अस्थिरताको खेतीमा व्यस्त भएको बताए । उनले प्रधानमन्त्रीले जातीय विद्वेषको आगो लगाउने काममा लागिरहेको बताए ।

उनले ललिता निवास प्रकरणमा टिप्पणी उठाउने खरदारलाई जेल कोच्ने तर निर्णय गर्नेलाई सरकारले छुट दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘उहाँले हिजो भन्दै हुनहुन्थ्यो मेरो ठुलो टेन्सन सकियो,माधव नेपालजीको पनि टेन्सन सकियो’, उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भने, ‘ए पुष्पकमल दाहाल प्रचण्डज्यू ? तपाईंले फेरि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो ? नेपालको अदालतले त त्यस्तो भन्दैन । ’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖