• Sunday 4th of October 2026

भारतलाई दोस्रो झट्का,कोहली आउट


  • धनकुटा खबर
  • .

क्यान्डी । दुई चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेलमा भारतले लगातार दोस्रो विकेट गुमाएको छ । शाहीन शाह अफ्रिदीले भारतको दोस्रो विकेट लिएका हुन् ।

विराट कोहली ४ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित शर्मा ११ रन बनाएर अफ्रिदीकै बलमा आउट भएका थिए ।

खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले २ विकेटको क्षतिमा २९ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖