• Sunday 4th of October 2026

अल नासरको लगातार तेस्रो जित


  • धनकुटा खबर
  • .

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल हाजमलाई पराजित गरेको हो ।

अल नासर ५-१ गोल अन्तरले विजयी भएको थियो । अल नासरको जितमा कप्तान रोनाल्डोले सानदार प्रदर्शन गरेका थिए ।

रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरे। त्यस्तै, अल नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले समान १/१ गोल गरेका थिए ।

त्यसै गरि अल हाजमका लागि एक सान्त्वना गोल मुहमद बाडामोसीले गरेका थिए ।

यो जितसँगै अल नासरले ५ खेलबाट ९ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै, अल हाजमको भने ५ खेलमा २ अंक सहित अंक तालिकामा पुछारमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖