काठमाडौं, १७ भदौ । पूर्व सचिव भीम उपाध्याय र पूर्णिमाया गुरुङबीच मिलापत्र भएको छ ।
पूर्व सचिव उपाध्यायले गल्ती स्वीकार गरी माफी मागेपछि दुवै जनाले सहमतिमा मिलापत्र गरेका हुन् ।
उपाध्यायले पूर्णियामो फोटोलाई सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर पोस्ट गरेपछि विवाद सुरु भएको थियो । पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमको उजुरी दिएकी थिईन् ।
मिलापत्रपछि उनले उजुरी फिर्ता लिएकी छन् ।
