• Sunday 4th of October 2026

ट्राफिक प्रहरीले मादक पदार्थ, गुट्खा सेवन गरेको बालेनको सचिवालयको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँग जोडिएको शनिवारको घटनाबारे उनको स्वकीय सचिवालयले स्पष्टीकरण दिएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले चेकिङमा खटिएका ट्राफिक प्रहरीले मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काइदप्काइ गरेको आरोप लगाएको छ ।

“कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काइदप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।”

सचिवालयले बालेनपत्नी सबिनालाई ट्रफिक प्रहरीले आवश्यक दुःख दिएको जनाएको छ । प्रहरीले महानगरको गाडीमा रहेका चालक र बालेनपत्नीलाई अमर्यादित व्यवहार गरेको पनि आरोप लगाइएको छ ।
“सवारीचालकले आफ्नो परिचयपत्र देखाए । सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

“आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖