• Sunday 4th of October 2026

एस्टन भिल्लालाई हराउँदै लिभरपुल तेस्रो स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको खेलमा लिभरपुलले एस्टन भिल्लाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि तेस्रो मिनेटमै डोमिनिक सोबोजलाईले ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

२२औ मिनेटमा एस्टन भिल्लाका म्याट कासले आत्मघाती गोल गरेपछि लिभरपुलले २-० को अग्रता बनायो ।

दोस्रो हाफमा लिभरपुलका लागि मोहमद सलाहले गोल थपे । सलाहले ५५औं मिनेटमा डार्विन नुनेजको पासमा गोल गरे ।

यस सिजन तेस्रो जित निकालेको लिभरपुल तेस्रो स्थानमा उक्लेको छ । चार खेलबाट लिभरपुलको १० अंक छ ।

आइतबार राति सवा ९ बजे आर्सनल र म्यानचेष्टर युनाइटेडबीच खेल हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖