• Sunday 4th of October 2026

दुर्गा प्रसाईँ भन्छन्- केपी ओली मारवाडीका पार्टनर


  • धनकुटा खबर
  • .

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।

मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मारवाडीविरुद्ध आफूले अभिव्यक्ति दिएपछि ओलीले आफूलाई ‘पागल’ भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।

‘केपी ओली हजुरबुबा मारवाडीका पार्टनर हुन् । नेताहरू सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरू आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईँलाई थुन्नपर्‍यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु,’ प्रसाईँले भने ।

उनले प्रत्येकको घर-घरमा जाने चेतावनी दिँदै मारवाडीसँग मिलेर नेताले देश सकेको आरोप पनि लगाए । ‘ललिता निवास खाने यीनै मारवाडी, देशको अर्थतन्त्र सक्काउने यिनै मारवाडी, सुन, केटी, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यिनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाला छैन,’ प्रसाईँले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖