• Sunday 4th of October 2026

सुनचाँदीको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सो सुन तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖