• Sunday 4th of October 2026

म्याच हारेपछि भारतीय खेलाडी र प्रशिक्षकको हातबाट नेपाली खेलाडीलाई तक्मा !


  • धनकुटा खबर
  • .

काठमाडौं । कुनै पनि खेलमा हारेको टीमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ । हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थिए । वर्षाले प्रभावित खेलमा नेपालले सन्तोषजनक ब्याटिङ गरे पनि गतिलो बलिङ गर्न नसक्दा ठूलो हार व्यहोर्यो । यद्यपि, खेलपछि नेपाली टिमको प्रशंसा भइरहेको छ । भारतीयहरूले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेको भन्दै सराहना गरेका छन् ।

हिजोको म्याचपछि नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरूलाई लिएर भारतीय ड्रेसिङ रुममा छिरेका थिए । त्यहाँ उनले भारतीय प्रशिक्षक राहुल द्रविण र खेलाडीहरूको हातबाट आफ्ना खेलाडीलाई मेडल थाप्न लगाए । हारेको म्याचमा यो मेडल केका लागि थियो ? नेपाली क्रिकेट समर्थक अलमलमा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖