• Sunday 4th of October 2026

एसिया कप : श्रीलंका र अफगानिस्तान भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज मंगलबार श्रीलंका र अफगानिस्तान भिड्दै छन्।

दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुने छ ।

सुपर फोरको सम्भावना कायम राख्न अफगानिस्तानलाई फराकिलो जितको दबाब रहेको छ ।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

श्रीलंका भने पहिलो खेलमा जित निकाल्दै सुपर फोरमा सम्भावना बलियो बनाएको छ ।

श्रीलंका कम अन्तरले पराजित भएमा पनि सुपर फोरमा प्रवेश गर्ने छ ।

समूह ए बाट पाकिस्तान र भारतले सुपर फोरमा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖