काठमाडौं । धरान उपमहानगरको पूर्व उपमेयर मन्जु भण्डारीले वर्तमान मेयर हर्क साम्पाङले श्रमदानको नाममा श्रम शोषण गरेको आरोप लगाएकी छन् । साम्पाङले धरानमा कोकाहाबाट पानी ल्याउनु सह्रानीय काम भए पनि श्रमदानको नाममा श्रम शोषण गरेको आरोप लगाएकी हुन् ।
भण्डारीले नेपालप्रेससँग भनिन्, ‘खानेपानी बोर्डको पैसा पनि लगानी भएको छ । आजको दुनियाँमा श्रमदानको नाममा श्रमशोषण गर्ने कहिलेसम्म ? जनताको लागत त छ । श्रमदानको कामको बिलमा ज्याला भनेर किन लेखियो ? हिजो पनि धराने जनताको लगानी भएको थियो । तर, सात करोड खर्च गरेर सात लाख लिटर पानी आउनु कुन ठूलो कुरा भयो ?’
