• Sunday 4th of October 2026

बिहे भएकी छोरीको अविवाहित नागरिकता बनाउन खोज्ने बाबु पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– दुई वर्षअघि बिहे भएकी छोरीको अविवाहित नागरिकता बनाउन खोज्ने बाबुलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नवराजपुर गाउँपालिका–३ का अरविन्दकुमार यादवलाई विवाहित २२ वर्षीया छोरी सुनिताकुमारी यादवको अविवाहित नागरिकता बनाउन खोज्दा पक्राउ गरेको हो।

सिराहा जिल्ला प्रशासन कार्यालयमा विवाहित भए पनि झुटो विवरण पेस गरी छोरीलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले बुबालाई नियन्त्रणमा लिएको हो।

नागरिकता सनाखतका क्रममा विवाहित भएको पुष्टिपछि झुटो विवरणसहित सनाखत गर्ने बुबा अरविन्दलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाका सूचना अधिकारी भवेश झाले बताए।

विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने नवराजपुर गाउँपालिका–३ का वडाध्यक्ष वंशीलाल यादवलाई पनि लिइने सूचना अधिकारी झाको भनाइ छ।अविवाहित नागरिकता बनाउन खोज्ने सुनिताको सप्तरीको बोदेबर्साइन नगरपालिका– १० खड्गपुरमा २०७८ फागुनमा सामाजिक परम्पराअनुसार विवाह भएको बताइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖