• Sunday 4th of October 2026

आसिफलाई मेडल लगाई दिएपछि विराट कोहलीको ठट्टा- एउटा मेडल मलाई पनि दिनुपर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतीय खेलाडी विराट कोहलीले मजाक गर्दै क्याच छोडेकामा एउटा मेडल आफुले पनि पाउनुपर्ने बताएको उल्लेख गरेका छन् ।

स्वदेश फर्किएपछि आसिफले भने, ‘कोहलीबाट मेडल लगाउँदा निकै गर्व लागेको थियो । उहाँले अन्त्यमा एउटा मेडल मलाई पनि दिनु पर्योु, क्याच छोडेकोमा भन्नु भएको थियो ।’

नेपाली टोलीका प्रशिक्षक मन्टी देशाईको आग्रहमा भारतीय खेलाडीहरुले तीन जना नेपाली खेलाडीलाई मेडल लगाई दिएका थिए । हरेक खेलपछि टोलीका राम्रो प्रदर्शन गर्ने सदस्यलाई देशाईले मेडल लगाइ दिने चलनलाई निरन्तरता दिँदै यसपटक भारतीय खेलाडीको ड्रेसिङ रुम पुगेर उनिहरुलाई त्यस्तो आग्रह गरेका थिए ।

‘हामीलाई त्यो सरप्राइज जस्तो थियो। खेलपछि हेन्ड सेक गर्ने, बिदा हुने जस्तो लागेको थियो’, आसिफले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖