• Sunday 4th of October 2026

खुकुरी प्रहारबाट घाइते भएका कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने सापकोटा आफू राजावादी भन्ने गर्छन् ।

यादवलाई सांघातिक आक्रमण गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले काठमाडौं प्रहरी परिसर सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖